मालिकाको नमता मतदान केन्द्रको अनुगमन !
फागुन १६ गुल्मी ।
मालिका गाउँपालिका वडा नम्बर ८ मा रहेको नमता मतदान केन्द्रको अनुगमन गरिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकको नेतृत्वमा मतदान केन्द्रको अनुगमन भएको त्यस वडाका वडा सदस्य सागर गिरीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पाठक,सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे, वरिष्ठ अनुसन्धान अधिकृत विनय कुमार चतुवदी , निर्वाचन अधिकृत मेघलाल पाण्डे , वडा अध्यक्ष सुर्य बहादुर जिसी र वडा सदस्य सागर गिरीको टोलीले अनुगमन गरेको हो ।
मतदान केन्द्र जोखिम र जिर्ण भएका कारण अनुगमन गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताए । साथै मतदान केन्द्र यहाँका सबै जनताको लागि उपयुुक्त स्थानमा रहेको उल्लेख गर्दै सामुदायिक भवनको आवश्यक रहेको अनुगमन टोलीले निष्कर्ष निकाले छ ।
वडा कार्यालयले सामुदायिक भवनको लागि गाउँपालिका समक्ष प्रस्ताव राखे पनि जिल्ला प्रशासन र निर्वाचन कार्यालय गुल्मीले पनि आफ्नो तर्फ बाट पहल गर्नु पर्ने माग वडा अध्यक्ष सुर्य बहादुर जिसीले राखेका थिए ।
राजनीतिक अवस्था तरल भएका कारण मुलक मध्यावधि निर्वाचनमा जान सक्ने हुँदा सबै सरोकारवाला निकायले समयमै ध्यान दिनु पर्ने वडा अध्यक्ष जिसीले उल्लेख गरे ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।