मालिकाको तेस्रो सम्मेलनको तयारी पूरा, महासचिव देव गुरुङले सम्बोधन गर्ने



बैशाख १९ गुल्मी – नेकपा (माओवादी केन्द्र) मालिका गाउँपालिकाको तेस्रो गाउँपालिका सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलन भोलि अर्थात बैशाख २० गते वडा नम्बर चार अर्खबाङमा हुँदैछ ।
पालिका कमिटीका अध्यक्ष महेन्द्र विसीका अनुसार सम्मेलनमा पार्टीका महासचिव देव गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्नेछन्। कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेता, जिल्ला नेतृत्व, विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरू र स्थानीय कार्यकर्ताको उपस्थिति रहनेछ।

सम्मेलनमा पार्टीको सांगठनिक समीक्षा, आगामी कार्ययोजना निर्माण तथा नयाँ नेतृत्व चयन जस्ता महत्वपूर्ण एजेन्डाहरू प्रस्तुत गरिने छन्। गाउँपालिका अध्यक्ष एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य देवीराम अर्यालले सम्मेलनलाई सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।
तेस्रो सम्मेलनले कुशल,सक्षम , मालिकाको भूगोल र वर्तमान परिवेश बुझेको नेतृत्व छनोट गर्नेमा कार्यकर्ता तथा समर्थकले अपेक्षा राखेका छन् ।
सम्मेलनमा करिब एक हजार कार्यकर्ताले उपस्थित हुने नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता