मालिकाको छापहिले उपशाखालाई एम्बुलेन्स उपहार !



माघ २४ गुल्मी ।
नेपाल रेडक्रस सोसाइटी छापहिले उपशाखालाई एम्बुलेन्स प्राप्त भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC)ले यस उपशाखालाई मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच एम्बुलेन्स प्रदान गरेको हो ।
झण्डै ४५ लाख पर्ने `ख´ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिब थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन । उनिहरुलाई रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगनाथ चापागाईंले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले यस पटक देशरभर ३० वटा एम्बुलेन्स वितरण गरेको थियो । देशभर ३० वटा एम्बुलेन्स वितरण गर्दा पनि सबैको पहलमा छापहिले उपशाखा एम्बुलेन्स पाउन सफल भएको सचीव थानेश्वर अर्यालले बताए ।
एम्बुलेन्स प्राप्त भए पछि यता वडा अध्यक्ष रेखा कुमार जिसीले खुसी व्यक्त गरेका छन । नेपाल रेडक्रस सोसाइटीका पुर्व महामन्त्री पिताम्वर अर्याल , गुल्मी जिल्लाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायत पहल गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् ।
एम्बुलेन्सले छापहिले,अर्जै,अर्खबाङ तथा ह्वाङ्दी सम्मका जनतालाई सुविधा दिने वडा अध्यक्ष जिसीले उल्लेख गरे ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता