माओवादी नेता भण्डारीले गुल्मी २ मा हुने भलिबल प्रतियोगिताको लागि एक सेट बल जाली उपलब्ध गराउने



असोज १२ गुल्मी ।

नेकपा माओवादी केन्द्रका युवा नेता भिमकान्त भण्डारीले संघिय निर्वाचन क्षेत्र गुल्मी -२ मा हुने दशै लक्षित सम्पुर्ण भलिबल प्रतियोगितामा एक सेट बल र जाली उपलब्ध गराउने भएका छन् ।
आफ्नो जन्म भुमी क्षेत्रमा आयोजना हुने हरेक प्रतियोगितालाई एक सेट बल र जाली उपलब्ध गराउने घोषणा गरेका हुन ।
घोषणा अनुरुप पहिलो चरणमा २० सेट बल र जाली पठाई सकेको भण्डारीले बताए । साथै जिल्लामा रहेका साथिहरुले समन्वय गरेर सम्बन्धि ठाउँ सम्म खेलकुद सामाग्री पुराउने काम भैइरहेको उनले जानकारी दिए ।
गुल्मी अपडेट सङ कुराकानी गर्दै भण्डारीले भने  “ ‟हामीहरुले पनि विद्यालय तथा क्याम्पस पढ्दा भलिबल प्रतियोगिता आयोजना गर्थौ र कसैले सहयोग गरि दिए हुन्थ्यो जस्तो लाग्यो त्यहीँ सम्झेर आज थोरै भए पनि सहयोग गरेको छु ‟। साथै उनले थपे एक सेट बल र जालि त सानो सहयोग हो तर युवा साथिहरुलाई हौसला मिलोस खेलकुद प्रतियोगिता आयोजना गर्ने उत्साह मिलोस भनेर सहयोग गरेको हो ।

यता प्रतियोगिता आयोजना गरेका क्लब हरुले पनि खुसी व्यक्त गरेका छन् । भण्डारीले पठाएको खेलकुद सामाग्रीले आफुहरुलाई हौसला मिलेको भगवती युवा क्लब हाडहाडेका सरोज खत्रीले बताए । त्यस क्लबका प्रतिनिधिलाई आज नेकपा माओवादी केन्द्रका युवा नेता तथा जिल्ला संयोजक बुद्धि जिसीले बल र जाली हस्तान्तरण गरेका थिए ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसी, भगवती युवा क्लब हाडहाडेका प्रतिनिधिलाई बल र जाली हस्तान्तरण गर्दै ।

प्रतियोगिता आयोजना गरेका अन्य क्लब तथा विभिन्न समुहलाई पनि खेलकुद सामाग्री वितरण गर्ने कार्य जारी रहेको प्रेस सेन्टर गुल्मीका सचीव हुमाकान्त पोख्रेलले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता