माओवादी केन्द्र देशको पहिलो कम्युनिष्ट पार्टी बन्छः नेता जिसी



प्रेम सुनार
गुल्मी, भदौ ९ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने तयारीमा लागेको बताएका छन् ।
आज गुल्मीको गुल्मीदरबार गाउँकमिटीले आयोजना गरेको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिसीले यस्तो बताएका हुन् । नेकपा एमालेमा कम्युनिष्ट बिचारधार स्खलित भएको आरोप लगाउँदै नेता जिसीले एमाले बाहेक नेपालका कम्युनिष्ट पार्टीहरु एकता प्रकृयामा रहेको र त्यसको नेतृत्व माओवादी केन्द्रले गरिरहेको दाबी गरे ।
माओवादी पार्टी छाडेर नयाँशक्ति पार्टी हुदै जनता समाजवादी पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई माओवादी केन्द्रकै चुनाव चिन्ह हँसिया हतौडाबाट चुनाव लड्न लागेको र नेकपा एस बीच एकता हुने निश्चित भई सकेको र त्यो नै नेपालको पहिलो कम्युनिष्ट पार्टी हुने छ’– नेता जिसीले यस्तो दाबी गरे ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रबृति र अंहकारका कारण हिजोको नेपाल कम्युनिष्ट पार्टी फुटेको र फुटे संगै ओलीको र एमालेको ओरालो दिन सुरु भएको उनको टिप्पणी छ ।
नेकपा फुटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग टक्कर दिने हुँदा एमाले अध्यक्ष ओली बालुवाटार छाडेर बालकोटको बार्दलीमा पुगेको र उनको एमालेले अधिंकास प्रदेश सरकार र अनेकन संयन्त्रबाट हात धुनु परेको आरोप लगाउँदै नेता जिसीले माओवादीको उकालो यात्रा र एमालेको ओरालो यात्रा सुरु भएको जिकिर गरे ।
दोश्रो स्थानिय तहको निर्वाचनबाट एमाले दोश्रो पार्टी बनेको , ठुला शहरबाट बाहिरिएको र अब गाउँ गाउँबाट पनि एमालेको भ्रम जनताले बुझेर आगामी निर्वाचन देखि थप बाहिरिने छ’ उनको त्यस्तो आरोप थियो ।
उनले नेकपा हुँदा एकै ठाउँ भएका कार्यकर्ताहरुलाई एमालेले पार्टी फुटे पछि विभिन्न प्रलोभन देखाएर एमालेमै राखे पनि अहिले ती कार्यकर्ताहरु धमाधम माओवादी केन्द्र मै फर्किएको बताए । गुल्मीदरबार गाउँपालिकामा यमबहादुर पाण्डे लगायतका एक दर्जन बढि कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेकोमा उनिहरुलाई स्वागत गर्दै नेता जिसीले त्यस्तो बताएका हुन् ।
उनका अनुसार गत स्थानीय तहको निर्वाचनताका माओवादी केन्द्रकी महिला नेतृ उषा बुढा मगरलाई नेकपा एमालेले आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै प्रचार गरेको थियो । तर उनी नेकपा माओवादी केन्द्रको मालिका गाउँ कमिटी देखि जिल्ला तह सम्म सक्रिय भएकी छन् । हालै मात्र नेतृ बुढा मगर माओवादी केन्द्रको जिल्ला समन्व्य समिति सदस्यमा सर्वसम्म निर्वाचित भएको नेता जिसीले बताए । कार्यक्रममा सो पार्टीका सचिव अशोक थापा मुक्ती , नेताहरु मनिराम ज्ञवाली, सांसद गीता थापा लगायतले प्रशिक्षण दिएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता