माओवादी केन्द्र गुल्मी द्वारा जनप्रतिनिधिलाई प्रशिक्षण



जेठ २३ गुल्मी ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ ।
स्थानीय सरकारले निर्माण गर्ने बजेट ,नीति तथा कार्यक्रमलाई लक्षित गरि प्रशिक्षण दिईएको माओवादी केन्द्र गुल्मीका सचीव अशोक थापाले जानकारी दिए ।
माओवादी केन्द्र गुल्मीका इन्चार्ज तथा केन्द्रिय सदस्य वीर बहादुर कार्की,केन्द्रिय सदस्य सिर्जना तरामु,जिल्ला संयोजक बुद्धि जिसी लगायतले माओवादी बाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिईएका हुन ।
त्यस्तै चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी,धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली लगायत अन्य जनप्रतिनिधिले आफ्नो एक वर्षे कार्यकालको अनुभव , स्थानीय तहमा गरेका विकास निर्माणको कामको बारेमा जानकारी गराएका थिए ।

साधारण भैइमान्छेका विषय वस्तु समेटेर बजेट ,नीति तथा कार्यक्रम बनाउन जनप्रतिनिधिलाई सुझाव दिइएको जिल्ला संयोजक बुद्धि जिसीले बताए ।
स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार भएको हुँदा नागरिकका आधारभुत आवश्यकलाई मध्यनजर गरि बजेट बनाउनु पर्ने जिसीले उल्लेख गरे ।
साथै प्रशिक्षण कार्यक्रममा पाटीको आन्तरिक गतिविधिको बारेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले रिपोर्टिङ समेत गरेका थिए ।
आगामी दिनमा पाटिका रणनीति ,आन्तरिक कमि- कमजोरको बारेमा व्यापक छलफल गरि त्यसलाई सुदृढीकरण गर्न विभिन्न योजना अघि सारिएको जिल्ला इन्चार्ज वीर बहादुर कार्कीले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता