मतगणनामा विवाद भएपछि तम्घास ल्याईयो मदानेको पृथ्वी माविका मतपत्र



गुल्मी । गुल्मीमा विद्यालय व्यवस्थापन समितिमा निर्वाचन भएको छ । मतगणनाकाे क्रममा विवाद भएपछि मतपेटिका सदरमुकाम तम्घास ल्याइएको छ ।  गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा रहेको पृथ्वी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनपछि मतगणनाकाे क्रममा विवाद भएर मिल्न नसक्दा मतपेटिका जिल्लाकाे सदरमुकाम तम्घास ल्याइएको छ ।

मतगणनाकाे क्रममा ७५ मत गणना भइसकेको थियो । २५ मतपत्रकाे एक  मुठ्ठा गणना गर्ने क्रममा विवाद सुरु भएको थियो । उक्त विवादपछि मतपेटिका तम्घास ल्याइएको जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मी सूचना अधिकारी अमर केसीले जानकारी दिए । त्यो २५ मतपेटिका बाहेक अझै तीन सय २० मतपत्र गणना गर्न बाँकी छ ।

विद्यालय व्यवस्थापन समितिमा  खुला दुई जना र महिला दुई जना प्रत्यक्ष चुनिने व्यवस्था भएकोमा खुला दुईमा चार जना र महिला दुईमा चार जनाको गरी चार पदमा आठ जनाको उमेदवारी रहेको थियो । यो चार बाहेक एक वडा प्रतिनिधि, एक सदस्य सचिव, एक शिक्षक प्रतिनिधि र दुई जना वडा शिक्षा समितिले मनाेनित गरि नाै जनाको विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ । निर्वाचित सदस्यहरु बाट अध्यक्षसहित अन्य सदस्य र सदस्य सचिव रहने व्यवस्था छ ।

विद्यालयमा राजनीति पार्टीको स्वार्थ नमिल्दा सहमति हुन नसकेपछि यसरी निर्वाचन हुन पुगेको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता