भगवती युवाक्लब धुर्कोट द्वारा अक्षय कोषको स्थापना

माघ ११ -सरोज खत्री ।
शैक्षिक प्रोत्साहन पुरस्कार अन्तर्गत भगवती युवा क्लब धुर्कोट गाउँपालिका ३ हाडहाडे गुल्मीले जनज्योति आधारभुत विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ । विद्यार्थीहरुलाई वार्षिक रूपमा प्रोत्साहन स्वरूप त्यसबाट प्राप्त हुने ब्याज बाट केहि रकम र प्रशंशा पत्रले सम्मान गर्ने योजना अनुरुप उक्त विद्यालयमा दश हजार रकम बराबरकोको अक्षय कोषको स्थापना गरिएको हो ।
विद्यालय प्रथम, विद्यालय द्वितीय, विद्यालय तृतीय, अनुशासित र सरसफाइमा ख्याल गर्ने पाँच जना विद्यार्थीहरुलाइ पुरस्कृत गर्ने योजना अनुरुप बिद्यालय व्यवस्थापन समिति संगको सहकार्यमा अक्षय कोष स्थापना गरिएको क्लबका सदस्य प्रकाश खत्रीले जानकारी दिए ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष यस के । सि ले हाम्रो क्लबको तर्फबाट प्रदान गरिने उक्त पुरस्कार राशी र सम्मान पत्रले विद्यार्थीहरुमा पढाइप्रती प्रतिस्पर्धाको भावना जगाउँदै शैक्षिक स्तर उकास्न सहज पुर्याउने विश्वास व्यक्त गरे। यसरी नै हाडहाडे भित्रका सम्पुर्ण विद्यालयहरुमा अक्षयकोष संचालन गर्ने तयारी रहेको अध्यक्ष के सि ले उल्लेख गरे ।
कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने समाजसेवी भरत खत्री, पितम जि सि, रोशन खड्कालाई क्लबले धन्यवाद ज्ञापन गरेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।