बैतडीमा चितुलाले फेरि ज्यान लियो



 जनक साउद , बैतडी ।

बैतडीमा चितुवाको आक्रमणबाट फेरी एक बालिकाको ज्यान गएको छ । ओछ्यानमा सुतीरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका वडा नं ९ का पदमराम लुहारकी ८ बर्षीय छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ । ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५ सय मिटर पर सीताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी सीता अपांगता भएकी व्यक्ति रहेको बुझिएको छ । चितुवाले आक्रमण गर्दा घर परिवार र अन्य छरछिमेकले होहल्ला गर्दागर्दै चितुवाले सीतालाई ओछ्यानबाटै लगेको हो । आज बिहान ४ बजेतिर सो घटना भएको प्रहरीले जनाएको छ । यही फागुन २१ गते राती पनि चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका ४ खडितका १५ बर्षीय बालक हर्कबहादुर साउँद घाइते हुनुभएको थियो । २०६८ साल यता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ । चितुवाले ओछ्यानबाटै बालिका लगेपछि स्थानीयहरु थप त्रासमा परेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता