बुबा आमाको सम्झनामा दघासका बरिस्ठ समाजसेवी खड्का द्वारा थानपती निमाविलाई १५ हजार सहयोग !
माघ ७ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघासका बरिस्ठ समाजसेवी धन बहादुर खड्काले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पुर्व सल्लाहकार समेत रहेका खड्काले स्वर्गीय बुवा प्रेम बहादुर खड्का र आमा उमाकुमारी खड्काको सम्झनामा विद्यालयलाई १५ हजार एक सय १५ सहयोग प्रदान गरेका हुन । दघास लगायत मर्भुङ्गका हरेक विकास निर्माण र सामाजिक कार्यमा खटिने खड्का विकास प्रेमी ब्याक्तिको रुपमा परिचत छन । सिमलटारी अर्खबाङ्ग मोटरबाटो निर्माण , दघासको खडग छत्रकोट निर्माण ,सामुदायिक बन,विभिन्न संघ संस्थालाई कुशल नेतृत्व गरि खड्काले अब्बल बनाएका छन् । विद्यालयको अभियानको चर्चा गर्दै उनले सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । विद्यालयले शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्ने अभियानमा राम्रो लागेर बुवा आमाको सम्झनामा आफू सक्दो विद्यालयलाई सहयोग गरेको उनको भनाइ छ । साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ५५ “औं संस्थापक सदस्य बनेका छन् । ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।