बुबा-आमाको सम्झनामा थानपती निमाविलाई दस हजार सहयोग
पुस १२ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास घर भई हाल रुपन्देही देवदह बस्दै आएका खडक बहादुर जिसीले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । सोही ठाउँको थानपती निमाविले चलाएको अभियानलाई उनले आफ्ना स्वर्गीय बुबा मुक्तध्वज जिसी र आमा उमा कुमारी जिसीको सम्झनामा दश हजार सहयोग प्रदान गरेका हुन ।
विद्यालयले सुरु गरेको बृहत शैक्षिक सुधार अभियानमा राम्रो लागेर साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ । साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´का ३८ औं संस्थापक सदस्य बनेका छन् । दघासका पुर्व समाजसेवी एवम् राजनीतिज्ञ समेत रहेका जिसीले आफ्नो बसोबास हाल रुपन्देही रहेतापनी आफ्नो गाउँको विद्यालय,आफुले पढेको विद्यालयले राम्रो अभियान चलाएको हुँदा खुलेर स्वतस्फूर्त सहयोग गरेको उल्लेख गरे । साथै उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
हाल सम्म ३९ जना ब्याक्ती बाट ३ लाख ५५ हजार रकम संकलन भएको विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।