बुटवलमा मोटरसाइकल दुर्घटना ः गुल्मीका एक पुरुषको मृत्यु !



पुष २० बुटवल ।
बुटवलमा मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बुटवलको मिलनचोक नजिकै मिक्सचरले मोटरसाइकललाइ ठक्कर दिदा घाइते भएका मोटरसाइकल चालक गुल्मीको रेसुङ्गा नगरपालिका ४ का सरोज भण्डारीको उपचारकै क्रममा मृत्यु भएको हो ।

लु १ क ३३७० नम्बरको मिक्सचरले राजमार्ग चौराहबाट मिलनचोक जाँदै गरेको लु ३५ प १०९१ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।
२०बर्षीय भण्डारीको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटना बिहान सबा ११ बजेतिर भएको थियो । घाइतेको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचार हुन नसकेपछि क्रिमसन अस्पताल लगीएको थियो । भण्डारीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए । उनका अनुसार ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता