बिचल्लीमा परेका बालबालिकालाई स्थानीय सरकारको साथ



पुस ८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले बिचल्लीमा परेका आफ्ना पालिका बासी प्रती चासो दिएको छ ।
वडा नम्बर पाँच स्थित बिचल्लीमा परेका तीन बालबालिकालाई सोमबार गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल सहितको टोलीले भेटघाट गरी आवश्यक राहत सामाग्री वितरण गरेको छ ।
बालबालिकाका आमा नभएको र ४३ वर्षीय बुबा प्रेम बहादुर घर्तीको मङ्सिर २९ गते मृत्यु भएपछि परिवार बिचल्लीमा परेको थियो ।
सोमबार उपाध्यक्ष अर्यालको टोलीले तत्काललाई आवश्यक पर्ने खाद्यान्न सामाग्री ,शौचालय बनाउनको लागि आवश्यक सामाग्री प्रदान गरेको छ । त्यस्तै वडा नम्बर पाँचका वडा अध्यक्ष रेखा कुमार जिसीले ब्याक्तिगत पाँच हजार सहयोग उपलब्ध गराएको वडा कार्यालयका कम्प्युटर अपरेटर कमल नेपालीले जानकारी दिए । त्यस्तै वडाले दुई वटा कम्बल वितरण गर्दा पुर्व वडा अध्यक्ष श्यामलाल गिरीले बालबालिकालाई आवश्यक शैक्षिक सामाग्री सङै पठनपाठनको जिम्मा लिएका छन् ।
तीन छोराछोरी मध्ये एक छोरा र छोरीले छापहिले माविमा अध्ययन गर्दछन भने एक छोरा उमेर सानो भएका कारण विद्यालय जादैन ।
उनिहरुको पठनपाठनको लागि गाउँपालिकाले सम्पुर्ण व्यवस्था गर्ने उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । पालिकाले आफैं वा कुनै संघ संस्था संग समन्वय गरेर पढ्ने वातावरण मिलाउने उनले दावी गरे ।

अहिले एक छोरा र छोरीले कृया गरिरहेका छन् ।आ आफ्नो क्षेत्र बाट सबैलाई सक्दो सहयोग गर्न छापहिलेका स्थानीय समाजसेवीको आग्रह रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता