बालुवाटार काण्डमा दोषी ठहरे जोसुकै लाई पनि कारबाही हुन्छः मन्त्री ज्ञवाली !

डि.बि खड्का
साउन,३२ गुल्मी ।
नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले बालुवाटार जग्गा प्रकटमा दोषी ठहरे जो सुकै लाई पनि कारबाही हुने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीले शनिवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा मन्त्री ज्ञावलीले सो कुरा बताएका हुन् । बालुवाटार जग्गा प्रकटको अनुसान्धन भइरहेको छ र यसमा दोषी ठहरे जोसुकैलाई पनि कारबाही हुने उल्लेख गरेका थिए । बालुवाटार जग्गा प्रकटमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई कारबाही हुन्छ की हुँदैन र नाम मुछिए पछि नैतिकताको आधारमा महासचिव पद बाट राजीनामा दिनुपर्छ की पर्दैन भन्ने प्रसङगमा मन्त्री ज्ञावलीले यस्तो प्रतिक्रिया दिएका हुन ।

फरक प्रसङगमा विप्वल माओवादीले हिंसाको बाटो छोडेर राजनीतिमा आए रातो कार्पेट बिच्छाएर स्वागत गर्न बताएका छन् । बम विस्फोट साथै विप्लवका हिंसात्मक गतिविधि सरकारलाई सह्यै नहुने स्पष्ट समेत पारेका छन् । साथै सत्यवतीका पहिरो पीडितहरूलाई छिटै व्यवस्थापन गर्न उल्लेख गरेका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।