फरवार्ड एजुकेशनल एकेडेमी द्धारा विद्यार्थीहरू लाई बिदाइ (फोटो फिचर सहित)

डि.बि खड्का गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर एक स्थित फरवार्ड एजुकेशनल एकेडेमीले एसइई पुरक परीक्षाको तयारी गरि रहेका विद्यार्थीलाई शुक्रवार एक भव्य कार्यक्रम बिच बिदाइ गरेको छ । एसइई परीक्षाको ग्रेड विद्धिको लागी गुल्मी सँगै छिमेकी जिल्लाहरू अर्घाखाँची,बागलुङ बाट अध्ययन गर्न आएका २४२ जना विद्यार्थीहरू लाई फरवार्ड एजुकेशनल एकेडेमीले फुल,माला तथा माया को चिनो प्रदान गरी बिदाइ गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका शिक्षक तथा वरिष्ठ समाज सेवी युवराज भण्डारीले सबै विद्यार्थीहरूले एसइई पूरक परीक्षामा ग्रेड वृद्धि गर्न विश्वास व्यक्त गर्नू का साथै सबै विद्यार्थीलाई शुभकामना व्यक्तm गरेका थिए । त्यस्तै फरवार्ड एजुकेशनल एकेडेमीका संयोजक तथा कार्यक्रमको अध्यक्षता ग्रहण गरेका सुनिल बस्नेतले विद्यार्थीहरू शालीन तथा अनुशासित भएर अघि बढ्नु पर्न धारण व्यक्त गरेका थिए ।बस्नेतले फरवार्ड एजुकेशनल एकेडेमीमा सिकेको अनुशासन सदैव आत्मसाथ गर्न विद्यार्थीलाई आग्रह समेत गरेका छन् । फरवार्ड एजुकेशनल एकेडेमी द्धारा आयोजित भोलीबलमा विजेता समूहलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

बिदाइ कार्यक्रममा विद्यार्थीहरूले गीत, तथा नृत्य प्रस्तुत समेत गरेका थिए । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी पत्रकारहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक राजु कुवंरले गरेका थिए ।
हेर्नुहोस बिदाई कार्यक्रमका केही तस्वीरहरु




जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।