प्रसिद्ध धार्मिक स्थल छापहिलेको लेकपोखरामा किवीका बिरुवा रोपियो !



फागुन १४ गुल्मी ।
मालिका गाउँपालिका -५ छापहिलेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र लेकपोखरामा किवीका बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्र गुल्मी र मन्दिर तथा मेला व्यवस्थापन समितिको साझेदारीमा ७५ वटा किवीका बिरुवा रोपिएको वडा अध्यक्ष रेखा कुमार जिसीले जानकारी दिए ।
माघी मेला सञ्चालन संगै मन्दिरको संरक्षण तथा प्रवर्द्धनको लागि दीर्घकालीन स्रोत जुटाउनको निम्ति किवीका विरुवा रोपिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर महताराले जानकारी दिए । साथै दीर्घकालीन आम्दानीको साथसाथै वन ,वातावरणको संरक्षण संगै सौन्दर्यतामा समेत टेवा पुग्ने महताराले उल्लेख गरे ।
प्रतिविरुवा एक सयको दरले कृषि ज्ञान केन्द्र गुल्मीले नि शुल्क बिरुवा उपलब्ध गराएको थियो भने बिरुवा रोप्नको लागि व्यवस्थापकीय खर्च मेला व्यवस्थापन समितिले आफैले जुटाएको हो ।
लेकपोखराको उचाई तथा हावापानी किवीको लागि उपयुक्त  रहेको मालिका गाउँपालिकाका कृषि शाखाका प्रमुख गोपाल भट्टराईले बताए । त्यस्तै किवीले तीन वर्ष भित्र फल दिने हुँदा आम्दानीको बलियो स्रोत बन्न सक्ने विश्वास समेत भट्टराईले व्यक्त गरे ।
प्रसिद्ध धार्मीक स्थल लेकपोखरामा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्दछ । यस मन्दिरमा पुजा आज गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता