पुर्वमन्त्री बिष्टद्धारा स्वास्थ्य चौकी र वडाकार्यलय उद्घाटन

अजय जेम्स,फाल्गुण १६ गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका वडा नं ५ मलागिरीमा नव निर्मित स्वास्थ्य चौकी र वडा कार्यलयको भवन उद्घाटन कार्यक्रम सम्मन्न भएको छ ।
बिहिबार नव निर्मित स्वास्थ्य चौकी र वडा कार्यालयको भवन पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं.२ का सांसद गोर्कणराज बिष्टले उद्घाटन गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष सरिता खड्काको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बोल्दै सांसद बिष्टले सांसद बिष्टले अब सानो सानो उपचारको लागी सदरमुकाम धाउन नपर्ने र वडामा त्यसको सुविधा भएको बताए । सांसद बिष्टले विकासका योजनाहरु तिब्ररुपमा बढ्दै गइरहेको र अबको २÷३ महिना भित्रै सबैको घरमा बत्ति पुग्ने र जनता उज्यालोमा बस्ने गरी काम भईरहेको उल्लेख गरेका छन् ।
त्यस्तै चुनाबका बेलामा गरेका बाचा अनुसार जनता आवास कार्यक्रम अन्तर्गत खरका छाना बिस्थापन कार्यक्रम तिब्र रुपमा सफलता साथ अगाडि बडिरहेका जानकारी गराउदै वडामा १६० ओटा खरका छाना मध्ये अब १२ वटा घर मात्र बाकीँ रहेको र केहि समयमै वडा नं ५ का सबै घर खरका छाना मुक्तहुने बताए ।
कार्यक्रममा गाउँपालीका अध्यक्ष दान बहादुर केसिले वडा नं ५ अन्य वडाहरु भन्दा पछाडि रहेको तर अहिले वडामा आफ्नै स्वास्थ्य चौकी र वडा कार्यलय भएको तथा वडामा बिभिन्न विकासका योजना संचालन भइरहेकोले अन्य वडाहरुको स्तरमा पुगेको बताए ।
कार्यक्रममा स्वास्थ्य चौकीको लागी जग्गा दान गर्ने जग्गादाताहरु प्रेम बहादुर खड्का,तोर बहादुर खड्का,लेख बहादुर खड्का,दल बहादुर खड्का,लिला बहादुर खड्का,घन बहादुर खड्का,नुमा खड्का लाई समान गरिएको थियो । वडाध्यक्ष हिमाल खड्काको अध्यक्षता रहेको कार्यक्रमको संचालक पुर माध्यमिक विद्यालयका शिक्षक विरेन्द्र खड्काले गरेका थिए । यस्तै सांसद बिष्टले सोहि दिन वडा नं ४ स्थीत म्यालपोखरी स्वास्थ्य चौकी तथा वर्थिङ्ग सेन्टरको समेत उद्घाटन गरेका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।