पाणिनीमा भाद्र – ८ देखि तीज महोत्सव हुने !

सुरज घिमिरे – अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाटमा प्रथम पाणिनी तिज, पर्यटन, व्यापार तथा सांस्कृतिक मेला – २०७६ सञ्चालन हुने भएको छ।
अर्घाखाँचीको सौन्दर्यता हाम्रो सान पर्यटन विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही भाद्र गते ८ देखि १८ गते सम्म मेला लाग्ने भएको छ ।
छत्रेश्वरि म्यानेज्मेन्ट प्रा. लि .आयोजक र पाणिनी पर्यटन समाज सहआयोजक रहेको यस मेलामा वडा स्तरिय तिजगित प्रतियोगिता पाणिनि डान्स आइडियल २०७६, बाल उद्यान सामग्री चर्खा, पीङ, मौतको कुवा बाइक रेसजस्ता मनोरञ्जनका खेलको साथमा दैनिक राष्ट्रिय ख्याती प्राप्त कलाकारको प्रस्तुति रहने आयोजक छत्रेश्वरी म्यानेजमेन्ट प्रालीका सञ्चालक जीवन भट्टराईले बताए ।
कुल ५० वटा स्टल राखिने उक्त मेलामा स्थानीय उत्पादित कृषि सामाग्रीलगायतका बालबालिकाका खेलौना फेन्सी कपडाहरु राखिने सहअयोजक संस्था पाणिनि पर्यटन समाज अर्घाखाँचीले जनाएको छ ।
उक्त मेला करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।