पहिरो प्रभावित क्षेत्र दर्लिङ्गमा स्वास्थ्य शिविर



साउन ३२ गुल्मी ।
पहिरो प्रभावित क्षेत्र मालिका गाउँपालिका -२ दर्लिङ्गमा स्वास्थ्य जनचेतना मुलक शिक्षा सहित नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा विशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य शिविर प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।
विपतजन्य महामारी नफैलियोस भन्ने उदेश्यले शिविरको आयोजना गरिएको संयोजक भुसालले बताए ।
गुल्मी अस्पतालमा कार्यरत डाक्टर सिद्धराज ज्ञवाली र प्रतीक्षा केसी सहितको टोलीले स्वास्थ सेवा प्रवाह गरेको हो ।
एकदिने स्वास्थ्य शिविर बाट एक सय ७६ जनाको स्वास्थ्य परिक्षण ,२७ जनालाई कृषि परामर्श ,एक सय १३ घरधुरीका किसानलाई पशु परामर्श सहित औषधि प्रदान र ६४  जनलाई आयुर्वेद सेवा प्रदान गरिएको छ ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आचार्यको टोलीले स्वास्थ्य जनचेतना मुलक शिक्षा प्रदान गरेको छ ।
विद्यार्थीलाई विपतमा फैलिने महामारीको बारेमा जानकारी गराउदै मरेका पशूपङ्क्षीको व्यवस्थापन बारेमा जानकारी दिईएको छ ।
दर्लिङ्गको साविकका १,२,३,४ वडाका स्थानीय पहिरोको प्रभावमा परी त्यस क्षेत्रका ४९ घर विस्थापित भएका छन् ।
गाउँपालिकाले राहत र उद्वारका कार्य सकेर क्षेतीको विवरण संकलन गर्ने ,खानेपानी ,सडक तथा विद्युत आपूर्तिको कार्य गरिरहेको अध्यक्ष देवीराम अर्यालले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता