पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै महासंघ गुल्मीको आपत्ति, वडाध्यक्षले दिए प्रमाण जुटाउन चुनाैति!!

डि.बी खड्का भदौ १९ गुल्मी,
गुल्मीका पत्रकारहरुमाथि दुर्व्यवहार गरिएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार रेसुङ्गा नगरपालिकामा तालाबन्दीको विषयमा समाचार सङ्कलन गर्न गएका पत्रकार अनिल खत्री ,तिलाचन पाण्डे र सञ्चारकर्मी अजय सुनारमाथी दुर्व्यवहार गरिएको भन्दै महासंघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीकी उपाध्यक्ष सीता भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “हरेक घटनाको सत्यतथ्य सुचना पाउने जनताको अधिकार हो । उक्त अधिकारको रक्षा गर्न र सत्यतथ्य सुचना सङ्कलन गर्न जादा पत्रकारहरूमाथी रेसुङ्ग नगरपालिका वडा न ८ का वडा अध्यक्ष सामेलका केहि जन प्रतिनिधिबाट गरिएको दुर्व्यवहारले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ । तसर्थ नेपाल पत्रकार महासंघ गुल्मीले उक्त घटनाको घोर निन्दा एवम् भर्त्सना गर्दछ ।”
यता रेसुङा नगरपालिका वडा नं. आठका वडा अध्यक्ष भरत भलामीले भने उक्त घटना नियोजित भएको बताएका छन् । सल्लेरी खबरसँग कुरा गर्दै उनले भने, “नगरपालिकामा तालाबन्दी गरेपछि प्रहरी प्रशासनले ताला खोल्ने प्रयास गर्दा त्यसमा केही विवाद भएको र पत्रकारहरुले बाटोमा बसेर भिडियो खिचिरँहदा आँफू बाहिरिने क्रममा बाटो छोड्नुस मात्र भनेको हुँ ।”
त्यसैगरी उनले प्रहरीसँग भने केही भनाभन र विवाद भएको तर पत्रकारमाथि कुनै दुर्व्यवहार नगरेको बताउँदै दुर्व्यवहार गरेको भए आवश्यक प्रमाण जुटाउन समेत चुनौती दिएका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।