न्यु साउथ वेल्स च्याम्पियनसिप प्रतियोगितामा,गुल्मीका बिकल पौडेललाई कास्य पदक !

साउन २२ गुल्मी ।
गुल्मीका तेक्वान्दो खेलाडी बिकल पौडेलले अस्ट्रेलियामा सम्पन्न न्यु साउथ वेल्स राज्य च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक हात पारेका छन् । च्याम्पियनसिप तथा राष्ट्रिय छनोट प्रतियोगितामा उनले कास्य पदकको उपाधी हासिल गरेको प्रशिक्षक प्रकाश क्षेत्रीले जानकारी दिए ।
सिड्नीमा भएको ६३ केजि तौल समूहमा बिकल पौडेलले कास्य पदक जितेका हुन । प्रतियोगितामा पाँच सय ३० जना खेलाडीको सहभागिता रहेको थियो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका (१ रिडीमा जन्मेका पौडेल तेक्वान्दो खेलमा अब्बल खेलाडीका रुपमा परिचीत छन ।
नेपालका ६४ वटा जिल्लामा उनले आफ्नो खेल प्रदर्शन गरिसेका छन भने विभिन्न राष्ट्रिय , अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागीता जनाउदै उपाधी समेत हात पारेका छन । सन २०१४ मा काठमाडौमा भएको तेस्रो दक्षिण एसिया आईटीएफ तेक्वान्दो प्रतियोगितामा ५८ केजि तौल समुहमा स्वर्ण पदक हात पारेका पौडेलले, अर्को वर्ष भारतमा आयोजना भएको सोही खेलमा कास्य पदक जित्न पौडेल सफल भएका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।