नेपाली काँग्रेस गुल्मीले जनप्रतिनिधिलाई एक दिने अभिमुखीकरण तालिम दिने



भदौ ८ गुल्मी ।

गुल्मीमा नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीको आयोजनामा यहि भदौ ११ गते सदरमुकाम तम्घासमा उक्त कार्यक्रम गरिन लागेको पार्टी कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन एवं सुशासन र पार्टीसँगको समन्वयात्मक भूमिका सम्बन्धी अभिमुखीकरण गर्ने पार्टी सचिव एवं इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित हुनुभएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सहभागी गराईने पनि बताउनुभयो ।
स्रोत गोरखापत्र अन्लाईन

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता