नेकपा गुल्मीले सुरु गर्यो संगठन सुदृढीकरण अभियान !



बैशाख १४ गुल्मी ।

नेकपा गुल्मीले संसदीय व्यवस्था र स्थानीय निकायमा भएको भ्रष्टाचारको भन्डाफोर गर्दै संगठन विस्तार अभियान सुरु गरेको छ ।
सत्यवती गाउँपालिका वडा न।१ अस्लेवा चौरमा अभियान उद्घाटन भएको हो ।

नेकपाले सत्यवती गाउँपालिका वडा न १,२,३ र ४ का नेता कार्यकर्ताको प्रतिनिधि मुलक उपस्थिति र स्थानीय जनताको सहभागीतामा अभियान उद्घाटन गरेको हो ।अभियान लाई सम्वोधन गर्दै जिल्ला सेक्रेटरी सुमनले पार्टीले स्थानीय चुनावलाई संसदीय व्यवस्था विरुद्ध प्रयोग गर्ने बताउँदै एमसीसी पक्षधङ,दलाल भ्रष्ट ,जनघाती राष्टघाती उम्मेदवार र पार्टीलाई भोट नहाल्न अपिल गरेका छन् ।

उनले संसदीय पार्टीहरु विचार कार्यक्रम र निष्ठाले नभइ पैसाको खोलो बगाएर चुनाव जित्दै आएको भन्दै आगामी स्थानीय चुनावलाई संसदीय व्यवस्था विरुद्ध जनताको चेतना स्तर नाप्ने ब्यारोमिटरको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

अभियानको क्रममा गंम्मर सिंह तरामु मगरको संयोजकत्वमा ११ सदस्यीय युवा संगठन नेपाल सत्यवती गाउँपालिका गठन गरेको गरेको छ ।कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार वुद्धिसागर,नेकपाका जिल्ला सदस्य पुरुसोत्तम अधिकारी ,अखिल नेपाल शिक्षक संगठन गुल्मीका सहसचिव प्रदिप राहादी मगर ,मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्य रुद्र श्रीस मगर ,अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका प्रकाश राहादी मगर लगायतको उपस्थिति रहेको थियो।अभियानलाई जिल्ला व्यापी बनाउने नेकपाले बताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता