निर्वाचन आयोग गुल्मीले सुरु गर्यो चुनाव लक्ष्यित कार्यक्रम

मङ्सिर -१३ गुल्मी ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीले आगामी निर्वाचनलाई लक्ष्यित गरी जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्न भएको छ ।यसै बिच सोमबार सदरमुकाम तम्घासमा मतदाता नामावली संकलन सम्बन्धि सरोकारवालाहरु सङ अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
आगामी निर्वाचनलाई लक्ष्यित गर्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले निर्वाचन लक्ष्यित कार्यक्रम अगाडि बढाएको हो । अन्तरक्रिया कार्यक्रममा कसरी धेरै भन्दा धेरै गुल्मेली नागरिकलाई मतदाता नामावलीमा समेट्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो । साथै १८ वर्ष भन्दा माथीकाले मात्रै मतदाता नामावलीको फारम भर्नु पर्छ भन्ने भ्रम जिल्लामा रहेका कारण यसलाई चिर्दै नागरिकता बनाउदा संगै मतदाता नामावलीको फारम भर्नु पर्ने कुरामा जोड दिन सरोकारवाले आग्रह गरेका छन् ।
त्यस्तै निर्वाचन आयोग गुल्मीले जिल्लाका सबै स्थानीय तहमा पुगेर मतदाता नामावली सङकलन गर्ने भएको छ ।
पहिलो चरणमा मङ्सिर १७ देखी २६ गते सम्म जिल्लाको गुल्मी दरबार गाउँपालिका,सत्यवती गाउँपालिका ,धुर्कोट गाउँपालिका ,मालिका गाउँपालिका र मुसिकोट नगरपालिका नामावली सङकलन हुने छ । भने दोस्रो चरणमा मङ्सिर २८ देखी पुस ८ गते सम्म छत्रकोट गाउँपालीका ,रुरु क्षेत्र गाउँपालीका , चन्द्रकोट गाउँपालिका ,इस्मा गाउँपालिका र मदाने गाउँपालिकाको केन्द्रमा मतदाता नामावली संकलन गर्ने जिल्ला निर्वाचन अधिकारी माया कुवरले बताईन ।
गुल्मी जिल्लामा २०७७ पुस ५ गते सम्मको तथाङकलाई हेर्दा दुई लाख ११ हजार सात सय ३२ जना कुल मतदाता रहेका छन् । जसमा महिला एक लाख आठ हजार छ सय ५९ , पुरुष एक लाख तीन हजार ७१ र तेस्रो लिङ्गी दुई जना मतदाता रहेका छ्न ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।