नवौं राष्ट्रिय खेलकुद: गुल्मीलाई प्रदेशमा १० स्वर्ण, केन्द्रमा २० खेलाडी छनोट !



असोज १२ गुल्मी ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा गुल्मीका खेलाडी उच्च प्रदर्शन गरेका छन् ।
लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा गुल्मीका खेलाडीले १० स्वर्ण, तीन रजत र १४ कास्य पदक हात पार्न सफल भएका छन भने राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २० जना खेलाडी छनोट भएका छन ।
गुल्मीले पुरुष भलिबलमा १ स्वर्ण पदक, विभिन्न उमेर समुहका आई.टिएफ तेक्वान्दोमा ५ स्वर्ण,तेक्वान्दोमा १ स्वर्ण , बक्सिङमा ३ गरि १० स्वर्ण हात पार्दा, महिला कबड्डीमा १, आई टिएफ तेक्वान्दोमा ३ र शारीरिक सुगठनमा १ गरी ५ रजत पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
त्यस्तै आई. टिएफ तेक्वान्दोमा १ ,तेक्वान्दोमा सात, ७ शारीरिक सुगठनमा १,कराते १, बाडमिन्टनमा १ र बक्सिङमा २ गरि १४ कास्य पदक हात पारेका छन । गुल्मी बाट जम्मा ११ बिधामा एक सय ५८ जना खेलाडीले सहभागीता जनाएका थिए ।
११ खेल मध्ये तीन खेल बाहेक अन्य आठ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पार्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरी प्रसाद महाकिमले बताए ।

त्यस्तै पोखरामा असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गुल्मी बाट १६ जना खेलाडी छनोट भएका छन । प्रदेश स्तरीय छनोट खेल बाट १६ जना खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास कार्यालय गुल्मीका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
गुल्मी बाट पुरुष भलिबलमा चिरञ्जीवी खड्का र वविन थापा छनोट हुँदा महिला बाट विना कुमारी मगर छ्नोट भएकी छन् । पुरुष ब्याडमिन्टनमा मनोज फैजदार छनोट भएका छन् ।
त्यस्तै तेक्वान्दोमा प्रकाश खासु छनोट हुँदा आई .टिएफ महिला तेक्वान्दोमा सविना श्रेष्ठ,पुजा रसाइली ,ममता सिर्पाली छनोट भएका छन भने पुरुष तर्फ सागर मल्ल छनोट भएका छन ।
बक्सिङ तर्फ अमर पल्ली,सागर बोहरा ,तुल बहादुर गाहा छनोट भएका छन ।
महिला कबड्डी तर्फ सुस्मिता थापा,धनमाया कुमाल र तृष्णा तरामु मगर छनोट भएकी छन् । यी खेलाडीले लुम्बिनी प्रदेश बाट प्रतिनिधित्व गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गर्ने छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता