धुर्कोटमा जनयुद्धका प्रथम सहिद दिलबहादुरको स्मृतिमा हाजिरीजबाफ प्रतियोगिता



फागुन १४ गुल्मी ।
महान जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको २७ औं स्मृति दिवसको अवसर पारी धुर्कोटमा अन्तर मावी स्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धुर्कोट गाउँ कमिटिको आयोजनामा हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ मा रहेको धुर माविमा आयोजित प्रतियोगितामा धुर्कोट गाउँपालिकाका ९ वटा विद्यालयको सहभागीता रहेको थियो ।
जसमा हिमालय मावी वस्तु प्रथम,नयाँ गाउँ मावी नयाँगाउँ द्वितीय ,वाग्ला मावी वाग्ला तृतीय र भगवती मावी ड्वानेटा सान्त्वना भएको अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष राजन पोख्रेलले जानकारी दिए ।
साथै प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः चार हजार,तीन हजार,दुई हजार र एक हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै सहभागी विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको अखिल क्रान्तिकारी धुर्कोट गाउँ कमिटीका अध्यक्ष इन्द्र पोखरेलले जानकारी दिए ।

तत्कालीन माओवादीले जनयुद्ध शुरु गरेपछि वि.सं.२०५२ साल फागुन १४ गते गोरखाको सुलिकोटमा स्थानीय सेते रम्तेलका १४ वर्षीय छोरा दिलबहादुर रम्तेलको सुरक्षाकर्मीले हत्या गरेका थिए । रम्तेललाई माओवादीले सशस्त्र जनयुद्धको पहिलो शहीद मान्दै आएको छ ।

प्रतियोगितामा नेकपा (माओवादी केन्द्र)का बैकल्पिक केन्द्रिय सदस्य निम बहादुर पाण्डे ,नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव अशोक थापा,अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज भरत चन्द , ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी ) गुल्मी जिल्ला अध्यक्ष राजन पोखरेल ,नेकपा माओवादी केन्द्र प्रदेश सल्लाहकार समिति सदस्य बिर बहादुर जोगि कुवँर , नेकपा (माओवादी केन्द्र ) धुर्कोट गाउँ कमिटी उपाध्यक्ष चेतमान कुवँर र धुर माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता