धुर्कोटको पिपलधारामा पुग्यो ` एक घर एक धारा ´ खानेपानी



जेठ १७ गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा सञ्चालित सिम कोदार उदिना लिफ्ट खानेपानी आयोजना सम्पन्न भएको छ ।
निर्माण सुरु भएको तीन वर्ष पछि आयोजना सम्पन्न भएको हो ।
आयोजनाको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले एक समारोहका बीच उद्घाटन गरे । आयोजना उद्घाटन गर्दै अध्यक्ष पोखरेलले धुर्कोट गाउँपालिकाले सुरु गरेको एक घर एक धारा अभियान पूरा हुँदै जान थालेको बताए ।
कुल लागत ५५,६९,६४१ रुपैयाँ रहेको योजनामा प्रदेश सरकारको समपुरक योजना अन्तरगत २५ लाख, २२ लाख ५० हजार गाउँपालिकाको र उपभोक्ताको जनश्रमदान ८,१९,६४ रुपैयाँ बराबरको रहेको छ । यो आयोजना बाट धुर्कोट ३ का ५४ घरधुरीमा खानेपानीको धारा पुगेको छ । भने २ सय ७५ जनसंख्या प्रत्यक्ष लाभान्वित बनेका छन् । यो संगै पिलधाराका तीन सय ९६ घरधुरीमा घरमै खानेपानी पुगेको वास संयोजक छविलाल विश्वकर्माले बताए ।
एक गाग्री खानेपानीको लागि घन्टौं धाउनु पर्ने बाध्यता हटेको र अब पानीको लागि खर्चिने समय अन्यत्र सदुपयोग हुने स्थानीय सीता जिसीले बताईन ।
धुर्कोट गाउँपालिकाले अहिले सम्म ४५ सय घरधुरीमा एक घर एक धारा खानेपानी पुराएको छ । आफ्नो दोस्रो कार्यकाल सम्म सबै जनताको घरआगनमा खानेपानी पुराउने लक्ष्य राखेको अध्यक्ष पोखरेलको उद्वघोष छ ।
कार्यक्रममा उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी , वडा अध्यक्ष बाबुराम खड्का , वास संयोजक छविलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता