थानपती निमावीको अभियान सफल हुँदै, पुर्व विद्यार्थी सन्तोषले प्रदान गरे १८ हजार १ सय १८ सहयोग
मङ्सिर ९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका ८ निवासी सन्तोष सुनारले विद्यालयलाई आर्थिक सहयोग गरेका छन ।
हाल दक्षिण कोरियामा रहेका पुर्व विद्यार्थी सुनारले दघास स्थित थानपती निमाविलाई १८ हजार एक सय १८ सहयोग प्रदान गरेका हुन ।
सो विद्यालयले सुरु गरेको बृहत शैक्षिक सुधार अभियानमा साथ दिने उदेश्यले आफूले सक्दो सहयोग गरेको उनको भनाइ छ ।
उनले भने “ महिले पनि त्यहीँ विद्यालयमा पढेको हु आज त्यहीँ विद्यालयका शिक्षक, साथी भाइका कारण म सफल भएको छु ´´।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
अहिले सम्म एक लाख भन्दा धेरै रकम संकलन भएको विद्यालयका अध्यक्ष डिबी खड्काले बताए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।