थानपती निमाविको अभियानलाई शिक्षिका देवकला अर्यालको दश हजार सहयोग !



माघ १०  गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका – ८ सिमलटारी निवासी देवकला अर्यालले विद्यालयलाई सहयोग गरेकी छन । सोही विद्यालयकी शिक्षिका समेत रहेकी अर्यालले विद्यालयको अभियानलाई दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी हुन ।
आफ्नो विद्यालयले शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्न लागेको हुँदा सबैलाई सहयोग गर्न उनले आग्रह समेत गरेकी छन् । साथै उनी  “थानपती निमावि कल्याणकारी कोष´´को ६५ औं संस्थापक सदस्य समेत बनेकी छन् ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गरिने छ ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता