थानपती निमाविको अभियानले नयाँ उचाई लिदै, मर्भुङ्ग रुपन्देही सम्पर्क समाजले गर्यो ११ हजार सहयोग
माघ २ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास स्थित थानपती निमाविले सुरु गरेको बृहत आर्थिक अभियानले एउटा नयाँ उचाई लिएको छ । विद्यालयलाई अहिले त्यस क्षेत्रका नागरिक सङै संस्था बाट समेत सहयोग संगै हौसला पाएको छ । यसै बीच मर्भुङ्ग रुपन्देही सम्पर्क समाजले पनि विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
आज बसेको बैठकले विद्यालयलाई ११ हजार सहयोग गर्ने निर्णय गरेको समाजका सदस्य खुमराज खड्काले जानकारी दिए ।
विद्यालयले राम्रो सोच लिएर अभियान चलाएको हुँदा ब्याक्तिगत सहित संस्था बाट पनि सहयोग गरेको कोषाध्यक्ष किरण जिसीले बताए । मर्भुङ्ग रुपन्देही सम्पर्क समाजले भर्भुङ्गको हकहितको लागि विभिन्न काम गर्दै आएको छ । समाजका अध्यक्ष थानेश्वर अर्यालको नेतृत्वमा खडक निमावि ,सिद्ध प्रावीमा झण्डै ३ लाख बराबरको पोशाक वितरण गरिएको थियो भने । थानपती निमाविमा दस हजार बराबरको साउण्ड सिस्टम प्रदान भएको थियो ।
मर्भुङ्ग रुपन्देही सम्पर्क समाजका सदस्य विष्णु खत्रीले विद्यालयको अभियान प्रति सबैको सकारात्मक सन्देश आएको बताए । उनले सबैले आ -आफ्नो ठाँउ बाट सहयोग गर्नु पर्ने धारणा समेत ब्यक्त गर्दै विद्यालयको अभियाननै हामी सबैको अभियान रहेको बताए ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए । अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।