थानपति निमावि मेरो पहिलो प्राथमिकतामा छ : नेता जिसी
माघ १५ गुल्मी ।
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जन सम्पर्क विज्ञ बुद्धि जिसीले मालिका गाउँपालिका ८ दघास स्थित थानपती निमावि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
विद्यालयको ६६ औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै उनले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रमुख अतिथि समेत रहेका जिसीले भने “ विद्यालयले एउटा राम्रो गति लिएको छ शैक्षिक गुणस्तर वृद्धि भैइरहेको छ भौतिक सुधारको लागि मेरो प्रयास रहन्छ ´´ साथै नेता जिसीले विद्यालय घेराबार र भवन बनाउनको लागि देशका तिनै तहका संग पहल गर्ने बताए ।
त्यस्तै विद्यालयलाई आवश्यक कम्प्युटरको लागि पनि सरकारी तथा गैर सरकारी संस्था संघ समन्वय गरेर पहल गर्ने नेता जिसीले उद्घोष गरे । शिक्षक,अभिभावक ,समितिले स्थानीय मिलेरनै शिक्षण संस्थालाई अब्बल बनाउन सकिने धारण समेत उनले राखेका थिए । वडा अध्यक्ष सुर्य बहादुर जिसीले विद्यालयलाई आफ्नो ब्याक्तीगत संगै वडा बाट पनि सहयोग गरिरहेको बताए ।
दरबन्दी थप देखि भौतिक संरचना निर्माणको लागि वडाले यो वर्ष काम गरेको उल्लेख गरे ।
कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खत्री ,शिक्षा शाखाका सुरज जिसी लगायतले शुभकामना मनतब्य राखेका थिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।