जन्म दिनको अवसरमा थानपती निमाविलाई पवित्रा सत्यालको तीन हजार सहयोग

माघ १५ गुल्मी ।
काभ्रेपलान्चोकको नमोवुद्व नगरपालिका -९ घर भई हाल मालिका गाउँपालिकामा कार्यरत कर्मचारी पवित्रा सत्यालले विद्यालयलाई सहयोग गरेकी छन् ।
पालिकाको प्रशासन शाखाको पाँचौ तहमा कार्यरत सत्यालले आज माघ १५ गते परेको आफ्नो जन्म दिनको अवसरमा थानपती निमावी मालिका ८ दघासले सञ्चालन गरेको बृहत् आर्थिक संकलन अभियानलाई तीन हजार पाँच रुपैयाँ सहयोग गरेकी हुन ।
आफुले जन्ममा दिनमा फजुल खर्च नगरी सामाजिक काममा थोरै सहयोग गरेर भए पनि हातेमालो गरेको उनले बताईन । साथै उनले अरुलाइ पनि आफ्ना पारिवारिक उत्सव केक काटेर ,फजुल खर्च नगरी सामाजिक क्षेत्र काम गर्न सल्लाह दिएकी छ्न ।
थानपती निमाविले सञ्चालन गरेको अभियानको चर्चा गर्दै शिक्षाले नै हाम्रो जीवन र समाजमा परिवर्तन ल्याउने बताइन । सत्यालले भनिन् “ शिक्षा जस्तो पवित्र स्थलमा सानो भए पनि सहयोग गर्न पाँउदा धेरै खुसी छु ´´ ।
पवित्रा सत्याल “थानपती निमावि कल्याणकारी कोष´´को ८९ औं संस्थापक सदस्य समेत बनेकी छन् ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।