जन्मदिनको अवसरमा पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन प्लान्ट अभियानलाई आर्थिक सहयोग

११ जेठ, गुल्मी । मालिका गाउँपालिकाका लेखापाल राम बहादुर केसीले आफ्नो जन्मदिनको अवसर पारेर पत्रकार महासंघ गुल्मीले चलाएको अक्सिजन प्लान्ट अभियानलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले चलाएको अक्सिजन प्यान्ट अभियानको प्रशांसा गर्दै केसीले मंगलबार ३ हजार ५ सय ५५ सहयोग प्रदान गरेका हुन्।
पत्रकारहरुले चलाएको पवित्र कार्यमा आफुले पनि थोरै भए पनि सहयोग गर्ने हेतुले केहि रकम उपलब्ध गराएको केसिले बताए।
पत्रकार महासंघ गुल्मीले चलाएको अक्सिजन प्लान्ट अभियानमा करिब ७० लाख भन्दा बढी रकम संकलन भइसकेको छ । महासंघले सोमबार मात्रै गुल्मी अस्पताललाई अक्सिजन प्लान्ट निर्माणका लागि ६० लाख रकम हस्तान्तरण गरिसकेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।