जनयुद्ध दिवसको दिन फागुन १ गते प्रचण्ड गुल्मी आउदै : यस्ता छन कार्यक्रम

माघ १४ गुल्मी ।
<span;>नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुल्मी आउने भएका छन् ।
फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर गुल्मीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड गुल्मी आउने माओवादी केन्द्रका नेता बुद्धि जिसीले जानकारी दिए।
प्रचण्ड फागुन १ गते आउने पक्का भएको जिसेले बताए ।
आइतबार प्रचण्डकै निवासमा पुगेर मालिका गाउँपालिकाका अध्यक्ष समेत रहेका अर्यालले प्रचण्ड लाई निम्ता गरेका हुन ।
प्रचण्ड सहित दर्जनौं नेताहरु गुल्मी आउने छन ।
प्रचण्डले धुर्कोट गाउँपालिकमा निर्मित सहिद पार्क र मालिका गाउँपालिकाको प्रशासनिक भवन उद्वघाटन गर्ने छन् ।
त्यस्तै फागुन १ गते देखि सुरु हुने मालिका रनिङ शिल्डमा पनि प्रचण्डको सम्बोधन रहने छ । मालिका गाउँपालिकाले फागुन १ गते मालिका रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ ।
जहाँ गुल्मी जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी पालिका बडिगाड ,गौमुखी गाउँपालिका र मितेरी पालिका ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल हुनेछ ।
वडा स्तरीय भलिबल प्रतियोगिता ,आठ वटै वडा बाट क्लब, आमा समुहले मौलिक पहिचान झल्कने रितिरिवाज प्रस्तुत गर्ने छन । भने मालिका ताराको फाइनल अडिसन समेत प्रचण्डले नियाल्ने छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।