छोरी मात्रै जन्माउने चन्द्रकोट गाउँपालिकाका २८ जना दम्पती सम्मानित



गंगा खड्का

फागुन २५ गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिकाले दुई छोरी जन्माउने दम्पतीलाई सम्मान गरेको छ। मंगलबार अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर उक्त दम्पतीलाई सम्मान गरेको हो।

दुई सन्तानको रुपमा छोरी जन्माएका आमा बुवालाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको गाउँपालिकाका महिला बालबालिका शाखाका प्रमुख यम कुमारी रानाले जानकारी दिईन्। छोरी र छोरा बराबरी हुन् भन्ने सोंचको विकास गर्न बुवा आमालाई सम्मान गरिएको रानाको भनाई छ।

उनका अनुसार गाउँपालिका भरका २८ जना दम्पतीलाई उक्त कार्यक्रमका बीच सम्मान गरिएको हो। सम्मानपछि दुई छोरी मात्र जन्माएका बुवाआमा खुसी भएका छन्। सोही गाउँपालिकाका युवराज केसीले दुई छोरी जन्माएको भन्दै गाउँपालिकाले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

सोही अवसरमा गाउँपालिकाले “महिला सशक्तीकरणमा गाउँपालिकाको भूमिका”विषयमा खुला वक्तित्वकला कार्यक्रमको समेत आयोजना गरेको थियो। महिला बालवालिका तथा जेष्ठ नागरिक कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको उक्त कार्यक्रममा एक लाख पचास हजार रुपैंया खर्च भएको गाउँपालिकाले जनाएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता