छिस युवा परिवारले तिजका अवसरमा विभिन्न कार्यक्रम गर्ने ।

कौरव खत्री ,बाग्लुङ्ग १२ भदौ ।
बाग्लुङ्गको एक क्लवले तिजका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।
गलकोट नगरपालिका ९ छिस स्थित रहेको छिस युवा परिवारले तिजका अवसरमा खुल्ला तिज गित प्रतियोगिता, खुल्ला रेर्कड डान्स प्रतियोगिता, खुल्ला भाले छुने प्रतियोगिता, खुल्ला घैटोफोर प्रतियोगिता,लाखे नाच प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गरिने छिस युवा परिवार गनपा ८ छिस बाग्लुङ्गका कार्यक्रम संयोजक विवेक खरेलले जानकारी दिए ।

साथै उक्क्त कार्यक्रम आउदो सोमवार अर्थात हरितालिका तिजको दिन हुने समेत कार्यक्रम संयोजक खरेलले जानकारी दिए ।

छिस युवा परिवारले उक्क्त कार्यक्रममा सहभागि भइदिनुहुन आग्रह समेत गरेको छ । कार्यक्रम भने बिष्णु प्राथमिक विद्यालयको प्राङगढमा हुने क्लवले जनाएको छ ।
२०७२ सालमा स्थापना भएको छिस युवा परिवारले समाजमा सक्रिताका साथ काम गदै आएको कार्यक्रम संयोजक खरेलले जानकारी दिए ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।