चन्द्रकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यस

फागुन ३- गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर सात रुपाकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यस गरिएको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक कार्यक्रमका बिच स्वास्थ्य चौकी भवनको शिलान्यस गरेका हुन । शिलान्यस गदै अध्यक्ष खत्रीले “निमार्ण व्यवसायीलाई समयमै निमार्ण सम्पन्न गर्ने आग्रह समेत गरेका छन् “। मापदण्ड अनुरुप समयमै स्वास्थ्य चौकीको भवन निमार्ण गरी जनतालाई जती सक्दो छिटो सुविधा सम्पन्न भवन बाट स्वास्थ्य सेवा प्रदान गर्ने आफुहरुको चाहाना रहेको अध्यक्ष खत्रीले उल्लेख गरे ।
लामो समय सम्म जिर्ण बनेको स्वास्थ्य चौकी बाट स्वास्थ्य सेवा प्रवाह हुदाँ त्यस क्षेत्रका स्थानीय संगै स्वास्थ्यकर्मी समस्या झेल्दै आएका थिए ।
स्वास्थ्य चौकीको भवन निमार्णको लागी संघिय सरकाले विशेष अनुदान अन्र्तगत दुइ करोड पाँच लाख ८१ हजार रकम विनियोजन गरेको छ ।
स्वास्थ्य चौकी २०७८ साल माघ १ गते सम्म निमार्ण सम्पन्न हुनेछ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।