चन्द्रकोटमा कपडा बैंङ्क स्थापना:यस्ता छन् फाइदा



गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिल्ला मै पहिलो पटक कपडा बैंङ्क स्थपना भएको छ । मंगरबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर शान्तिपुरमा आयोजित एक औपचारिक कार्यक्रम गदै बसर्पाकमा कपडा बैंङ्कको शुभारम्भ गरिएको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले शान्तिपुर बसपार्कमा राखिएको संकल्न बक्स खोली उद्घाटन गर्नुभएको थियो । उद्योग बागिाज्य संघ शान्तिपुरको सहयोगमा कपडा बैंङ्कको स्थापना गरिएको हो । यो गुल्मी जिल्ला मै पहिलो पटक स्थापना गरिएको छ । मानवीय कार्य अन्र्तगत क्लोथ बैंङ्कको स्थापना गरिएको उद्योग बाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । उहाँले सबैले आफ्ना पुराना कपडाहरु कपडा बैंङ्कमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्क असरलाई समेत न्युनिकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले क्लोथ बैंङ्कमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न सकिने बताउनुभयो ।

सोही कार्यक्रममा उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंङ्कको सुरुवात यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंङ्क परिवार प्रति धन्यवाद ब्यक्त गर्नुभयो । चन्द्रकोट गाउपालिका अध्यक्ष युबराज केसीले कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीमा सम्पूर्ण पालिकाहरुमा कपडा बैंक आवश्यकता रहेको औलाउनुभयो । उहाँले भौतिक विकास संगै सामाजिक विकास, मानवीय विकास र चेतनाको विकास हुनुपर्ने बताउनुभयो ।

कपडा बैंकका संचालक कमल जिसीले बैंक संचालन भएको चार महिनाको अवधिमा आगोलागी पिडितहरु सात सय भन्दा बढी घर परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको काम गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो । उहाँले हाललार्ई शान्पिुरको बसपार्कमा संकलन बक्सलाई राखिएको र केही समय मै चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को मजुवा बजारमा समेत राखिने बताउनुभयो । उहाँले गुल्मी जिल्लाका अन्य स्थानिय तहमा समेत यो कार्य थालनीका लागी पहल भइरहेको बताउभयो ।

चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिएको छ भने संकलित कपडाहरुलाइ पुन प्रसोधन (रि साइकल)गरि आवश्यकताका आधारमा वितरण गरिने चन्द्रकोट गाउपालिका वडानम्बर २ का वडा अध्यक्ष कमल केसीले बताउनुभयो । कार्यक्रममा विभिन्न संचारकर्मी, नेपाल रेडक्रस, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म एक सय ६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता