चन्द्रकोटका किसानले पाए ५० प्रतिशत अनुदानमा कृषि उपकरण



असार २४ गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आवश्यक कृषि उपकरण प्रदान गरेको छ ।
आइतबार एक कार्यक्रममा बीच गाउँपालिका अध्यक्ष युवराज केसीले कृषि उपकरण किसानलाई हस्तान्तरण गरेका हुन ।
कृषक तथा कृषि फमलाई कृषि उपकरण प्रदान गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख अभिषेक अर्यालले जानकारी दिए ।
गाउँपालिकाले डिगर (फलफूल रोप्न खाडल खन्ने) मेसिन चार वटा, कर्नसेलर (मैकै छोडाउने) मेशिन तीन वटा, जुसर (रस बनाउने)मेसिन दुई वटा , मिनि टिलर (हाते ट्याक्टर) १७ वटा र १८ वटा कुटानिपसानी मिल गरी ४४ जना किसानलाई औजार वितरण गरेको छ ।
किसानलाइ आधुनिक र प्रविधि मैत्री बनाउने उदेश्यले किसान संगको लागत साझेदारीमा कृषि उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । साथै कृषि उपकरण वितरणले उत्पादनमा वृद्धि ल्याउने अध्यक्ष केसीको भनाई छ ।
कृषि औजार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल र वडा अध्यक्षहरुको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता