घर–घरमा धारा पुगेपछि हाडहाडेवासीले परिवर्तनको महसुस गरे



प्रेम सुनार फागुन २ ।
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री गोकर्णराज बिष्टले धुर्कोट गाउँपालिका वडा नम्वर ३, हाडहाडेमा मुल गैरा लिफ्ट खानेपानी योजनाको उद्घाटन गरेलगत्तै स्थानीयवासीले बर्षौंपछि विकास र परिवर्तको महशुस गरेको प्रतिकृया दिएका छन् । ‘हाम्रो हाडहाडे गाउँको डाँडो लाईनमा पानीको हाहाकार खेपेको बर्षौं भएको थियो ।नेताहरुसँग माग गरेको पनि धेरै वर्ष भएको थियो । बल्ल अहिले आए हाम्रो माग पुरा भएको छ’ स्थानीय शिक्षक लुमबहादुर पहराईले भने, ‘घर घरमा धाराको पानी आउन थाले पछि यहाँका वासिन्दाले परिवर्तन आएको ब्यबहारिक रुपमै महुशस गर्न थालेका छन् ।

अर्का स्थानियवासी विनबहादुर पहराईले हाडहाडेको घर घरमा पानीको धारा आए पछि आफ्नो गाउँलाई स्वर्गको अनुभुत गर्न थालिएको बताए ।उद्घाटन समारोहलाई सम्वोधन गर्दै नेकपाका नेता समेत रहेका बिष्टले तपाईहरुले मसँग माग गरेको मात्रै ८ वर्ष भएर होला, झन अरु नेताहरुसँग माग गरेको कति वर्ष भए होला रु जेहोस् ढिलै भएपनि तपाईहरुको माग पुरा भएको छ ।

अब मोटर बाटोको स्तरवृद्धि गरिने छ, विद्युतीकरणलाई व्यवस्थित गरिनेछ र तपाईहरुको रोजगारी र आय आर्जनको माध्यम खोजिनेछ ।’झण्डै एक घण्टाको दुरीको उकाली ओराली गर्दै र विभिन्न पँधेरोहरु चाहार्दै पिउने पानीको गर्जो टार्दै आएका हाडहाडेवासको यतिबेला मुलगैरा लिफ्ट खानेपानी योजना सम्पन्न भई ६६ घर धुरीको घर–घरमा पानीको धारा बग्न थालेको हो ।२०७३ सालमा सुरु गरिएको उक्त खानेपानी योजना करिव ६८ लाख लागतमा ५ वर्षपछि सम्पन्न हुन पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनुज उपाध्यायले बताए । उक्त खानेपानी योजना सम्पन्न भई ६६ घरधुरीको घर घरमा पानीको धारा पुर्याइएको हो । हाडहाडेका ३ सयभन्दा बढि घरधुरीमध्ये गत वर्षसम्म गाउँपालिकाले १ सय ५४ घरधुरीको घर घरमा पानी पु¥याइसकिएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

सिङ्गो गाउँपालिकाका भर कूल घरधुरी संख्या ४४ सय ७५ रहेको, त्यसमध्ये गत वर्षसम्म १२ सय ४९ घरधुरीमा खानेपानीको धारा पुगेको, यस आर्थिक वर्षभित्र २२ सय घरधुरीमा पुयाइने लक्ष्य लिइएको र आगामी दुई वर्षभित्र ९० प्रतिशत घरधुरीमा खानेपानीको धारा पुरार्याइने धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलको भनाई थियो । उद्घाटन कार्यक्रममा नेकपा नेताहरु बुद्धि जिसी, हिरा एसी, गणेश श्रीपाली, देवीराम अर्याल , नरेश भण्डारी, राजेन्द्रविक्रम कुँवर लगायतको पनि सहभागिता थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता