गोकर्ण विष्ट भने, म गुल्मी–२ बाटै चुनाव लड्छु, काठमाडौं–६ हल्ला मात्रै हो !



भदौ ३ गुल्मी ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले आगामी निर्वाचनमा आफू गुल्मी–२ बाट नै निर्वाचन लड्ने बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन उठ्ने बताएपछि तुलनात्मक रूपमा पार्टीमा लोकप्रिय मानिएका विष्ट गुल्मीबाहेक अन्य क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने जिल्लाका केही नेताहरूले बताउँदै आएका छन् ।

तर विष्टले भने आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् । म गुल्मी–२ बाट नै चुनाव लड्छु, अन्य क्षेत्रमा कसैले हल्ला चलाएको भए त्यसलाई हल्लाका रूपमा मात्रै बुझ्नपर्छु, विष्टले भने ।

केही नेताहरूले उनलाई काठमाडौं–६ बाट माग भएको दाबी गरेका थिए । गुल्मीको विकल्पमा विष्टलाई काठमाडौं–६ देखाइए पनि उनले भने गुल्मी नछाड्ने प्रष्ट पारेका हुन् । काठमाडौं–६मा यसअघि एमालेका युवा नेता योगेश भट्टराईले पनि प्रतिस्पर्धा गरेका थिए ।

यसअघि लगातार चारवटा निर्वाचनमा गुल्मी–२ बाट उठेका विष्ट २०६४ मा भएको निर्वाचनमा मात्रै पराजित भएका थिए । अरु तीनवटा निर्वाचन उनी भारी मतसहित विजयी भएका थिए ।
स्रोत शिलापत्र

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता