गृह जिल्ला गुल्मी पुगेर राम कुमारीले भनिन् , गठवन्धन आगामी निर्वाचन सम्म कायम रहन्छ
साउन १२ गुल्मी ।
पूर्वमन्त्री रामकुमारी झाँक्रीले अहिलेको सत्ता गठवन्धन सघं र प्रदेशको निर्वाचनसम्म कायम रहने वताएकि छन । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्रीले यस्तो वताएकी हुन । पार्टी केन्द्रीय सचिव समेत रहेकि झाँक्रीले हिजो स्थानीय तहको निर्वाचन कतिपय स्थानमा गठवन्धन राम्रोसँग हुन नसक्दा पराजित भएको स्मरण गर्दै उनले हिजोका कमि कमजोरीलाई सुधारेर गठवन्धनलाई थप वलियो वनाएर जाने गरि गृहकार्य भैरहेको वताईन । अहिले केन्द्रमा ७७ जिल्लावाट प्रतिनिधि सभा निर्वाचनमा कुन पार्टीको को उम्मेदवार, प्रदेश सभामा कुन पार्टीको कुन उम्मेदवार वनाएर जादाँ गठवन्धनले विजयी हाशिल गर्छ भन्ने छलफल भैरहेकाले पनि निर्वाचनसम्म यो गठवन्धन थप वलियो भएर जाने कुरामा कुनै शंका नगर्न रामकुमारी झाँक्रीले कार्यकर्तालाई निर्देशन समेत दिईन ।
म तपाईंहरुलाई आग्रह गर्न चाहान्छु उनले भनिन् “सघं प्रदेशको निर्वाचनमा गठवन्धनवाट गुल्मीमा समाजवादी पार्टीको सदस्यता लिएको व्यक्ति कुनै निर्वाचन क्षेत्रमा उम्मेदवार वन्छ,गठवन्धनका उम्मेदवारलाई विजयी वनाउने अभियान शुरु गर्नुस “।
वैठकमा गुल्मी जिल्लाका १२ स्थानीय तहका नेताहरुले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनदेखि अहिले पार्टी सगंठन निर्माण ,परिचालन र भावि रणनीति समेतका वारेमा समेत रिपोर्टिङ गरेका थिए । जिल्ला अध्यक्ष नरेशकुमार भण्डारीको अध्यक्षता रहेको वैठकमा पार्टी जिल्ला गणेश खनाल,सह ईन्चार्ज गणेश विश्वकर्मा,अनेमसघं केन्द्रीय सदस्य निर्मला राउत पोखरेल,केन्द्रीय परिषद सदस्य नरेन्द्र किरण ठकुरि,श्रीराम महत,कमला वराल, समाजवादी प्रेस सगंठन लुम्बिनी प्रदेश अध्यक्ष शिव सुवेदी लगायतका नेताहरुले वैठकलाई सम्बोधन गरेका थिए । वैठकको सञ्चालन जिल्ला उपाध्यक्ष राममल्ल ठकुरीको रहेको थियोे ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।