गुल्मी–२ मा एमालेको विरासत तोड्ने रामकुमारी झाँक्रीको उद्घोष



गुल्मी, भदौ ५ । नेपाल कम्युनिष्ट पार्टी  (एकिकृत समाजवादी)की सचिव तथा पुर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्वर २ मा नेकपा एमालेको २५ बर्ष देखिको विरासत मंसिर ४ मा हुने निर्वाचनमा आफुले तोडेर देखाउने उद्घोष गरेकी छन् ।
आईतबार सो पार्टीका अगुवा कार्यकर्ताहरुलाई गुल्मीको सदरमुकाम तम्घासमा प्रशिक्षण मन्तब्य दिदै उनले त्यस्तो उद्घोष गरेकी हुन । ‘ उनले कार्यकर्ताहरुलाई भनिन –‘गुल्मी क्षेत्र नम्वर २ मा हामीले २५ बर्ष पुरानो विरासत तोड्ने दिन नजिकिदै आएको छ , यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस् । ’
उनले गुल्मी क्षेत्र नम्वर २ का नेताहरुको नाम नलिई थपिन–‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपछि सुरु भएको छ । उनिहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भएकाले पनि जनताले विकल्प खोजेका छन र त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्ने छ ।

शनिवार देखि सुरु भई भोली सम्म चल्ने जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्वोधन गर्न आज दिउँसो ३ बजेतिर सो पार्टीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल आई पुग्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता