गुल्मी सदरमुकाम तम्घासका ६९ वटा कुकुरको बन्ध्याकरण !



चैत १८ गुल्मी ।

तीन दिनसम्म संचालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तरगत गुल्मीमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधबारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भएको थियो । जसमा बुधबार २२, बिहीबार २३ र शुक्रबार २४ कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर भरत काफ्लेले जानकारी दिए ।

तीन दिनसम्म २६ पोथी कुकुर र ७० भाले कुकुरको बन्ध्यारकण गरिएको छ । बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजबिरुद्धको खोप पनि लगाइएको काफ्लेले बताए । सदरमुकाम तम्घासभित्रका विभिन्न ठाउँमा रहेका कुकुरहरुलाई विशेष सामग्रीको सहायतामा छोपेर भेटेनरीको कार्यालयमै लगेर बन्ध्यारकण गरिएको थियो ।

बजारमा भुस्याहा कुकुरको आतंक बढेपछि भेटेनरी कार्यालयले बन्ध्याकरण र रेबिजबिरुद्धको सुई लगाउने कार्यक्रम संचालन गरिएको हो । उक्त कार्यक्रमको लागि भेटेनरी कार्यालयले दुई लाख र रेसुङ्गा नगरपालिकाले यातायात र काठमाडौ आएका प्राविधिकहरुलाई आवास खर्च व्यहोरेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता