गुल्मी मुसिकोट १ मा त्रिपक्ष भिडन्त !
मङ्सिर ११ गुल्मी ।
मुसिकोट नगरपालिका वडा नम्बर १ मा हुने उप _निर्वाचनमा त्रिपक्ष भिडन्त हुने पक्कापक्की जस्तैः भएको छ ।
वडा अध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दर्ता गरेपनि
चुनावी मैदानमा पाँच जना उम्मेदवार रहेका छन् ।
मुख्य गरि प्रमुख तीन पार्टी बीच कडा प्रतिस्पर्धा रहेको छ ।
काङ्ग्रेस ,एमाले र माओवादी बीचनै कडा प्रतिस्पर्धा हुने स्थानीय नागरिक बताउँछन ।
नेपाली काङ्ग्रेसका आनन्द श्रेष्ठ ,एमालेका दल बहादुर थापा र माओवादीका उम्मेदवार दुर्गा विक बीच कडा टक्कर छ ।
काङ्ग्रेसलाई आफ्नो साख जोगाउने चुनौती रहेको छ । २०७४ र ०७९ का दुबै निर्वाचनमा काङ्ग्रेसले जितेको थियो । २०७९ मा काङ्ग्रेसलाई माओवादी केन्द्र ,नेकपा एकीकृत समाजवादी सहित
अन्य दलको समेत समर्थन रहेको थियो तर अहिले काङ्ग्रेस एक्लै चुनावी मैदानमा छ ।
चुनावी मैदानमा एक्लै भएनी काङ्ग्रेसको जित सुनिश्चित रहेको काङ्ग्रेसका नेता हरिनारायण सापकोटा बताए ।
नेपाली काङ्ग्रेस बीचको एकता र काङ्ग्रेसको उम्मेदवार सामाजिक ,सरल र सहज उम्मेदवारका कारण निर्वाचन जित्ने सापकोटाले दावी गरे ।
एमालेका उम्मेदवार दल बहादुर थापाले चुनाव जित्ने एमाले नेता गणेश खनालको दावी छ । एमालेको बलियो जनाधार र लोकप्रिय उम्मेदवार भएको हुँदा चुनाव जित्ने खनालको तर्क छ ।
अहिले सबै दल एक्लाएक्लै लडेका छन् ,एक्लाएक्लै चुनाव लडदा एमालेको बहुमत छ ,विगतमा भन्दा अहिले पार्टीको संगठन बलियो रहेको खनालले उल्लेख गरे ।
यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीका साझ उम्मेदवार बनेका दुर्गा विकको चुनावी माहोल पनि राम्रो रहेको छ ।
लामो समय सम्म गाउँमै सेवा गरेको जनताको लोकपि्रय ब्याक्ती भएको हुँदा दुर्गा विकले चुनाव जित्ने माओवादी केन्द्रका नेता बुद्धि जिसीले बताए ।
तुलनात्मक रुपमा काङ्ग्रेस ,एमाले भन्दा तपाईंहरुको सङ्ठन कम्जोर छ भन्ने प्रश्नमा नेता जिसीले भने “ स्थानीय तहको निर्वाचनमा जनताले पार्टी भन्दा पनि ब्याक्ती हेर्नुहुन्छ हाम्रो उम्मेदवार सबै भन्दा राम्रो र ईमानदार हुनुहुन्छ ´´ । साथै जिसीले थपे मुसिकोट १ का जनता बीच उहाँ लोकपि्रय हुनुहुन्छ भने पुष्टि भैइसकेको छ उहाँले २०६८ सालमा स्थानीय सरस्वती माविमा चुनाव लडेर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष श्रीराम महतले दुर्गा विकको जित सुनिश्चित रहेको बताए ।
मुसिकोट १ का जनताले यो पटक पार्टी नफेर पनि मत फेर्न उनको तर्क छ । काङ्ग्रेस ,एमालेलाई पटक पटक जनताले मत दिए पनि काम गर्ने नसकेको आक्रोश जनतामा रहेको हुँदा यो पटक दुर्गा विकलाई रोज्ने उनको दावी छ ।
गुल्मीको सिङ्गो नेकपा माओवादी केन्द्र चुनावमा केन्द्रित रहेको छ ।
पार्टी इन्चार्ज सिर्जना तरामु,सचिब अशोक थापा ,प्रदेश कमिटी सदस्य खुम थापा सहितको टोली चुनावमा खटिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापा र राप्रपाका ईश्वरी खाती पनि चुनावी मैदानमा रहेका छन् ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।