गुल्मी गौंडाकोट जिप दुर्घटना पाँच जना घाईते ,उपचारको लागि पाल्पा पठाईदै !



डि.बि खड्का गुल्मी

गुल्मीको दरवार गाउँ पालिका वडा नम्बर तीन गुम्टेमा डबल क्याप जिप दुर्घटना हुदा पाँच जना घाइते भएका छ्न ।गैडाकोट देखी तम्घास जादै गरेको लु १ च ५४५५ नम्बर को जिप दुर्घटना भएको शृङा प्रहरीका चौकीका प्रमुख हरि कृष्ण पुन ले बताए । घाईते हुनेमा अर्घाखाँचीका शेर बहादुर विक ,बाग्लुङ का वजिन्द्र विक,कृष्ण पाण्डे ,हरि प्रसाद पाण्डे र दिपक विक  रहेको बताईएको छ । घाइते हरुको उमेर र ठेगाना खुल्न सकेको छैन । घाईते मध्ये तीन जनालाई पाल्पा रिफर गरिएको र बाकी दुई जनालाई पनि पाल्पा रिफर गर्न तयारी भैरहेको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको छ । जिप करिब ५०० मिटर तल खसेको थियो । घटनाको बारेमा थप विवरण आउने जारी रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता