गुल्मीमा हुन लागेको ऐतिहासिक महाज्ञको तयारी तिव्र , प्रचारप्रसार सबै मिलि गर्न बालयोग्श्वरको अपिल
Share This ……………………….
मनोज कार्की , २९ साउन ।
नेपाल मै पहिलो पटक गुल्मी जिल्लामा धार्मीक तथा साँस्कुतिक महोसत्व तथा महायज्ञ हुने भएको छ ।
गुल्मीमा रहेको रुरु धाम रिडिमा ऐतिहासिक रुरु धार्मिक तथा सास्कृतिक तुलदानमहोत्सब एवम् संगितमय लिलामय श्रीमद्धभागवत् पितृ मोक्ष बिराट ज्ञानमहायज्ञ हुने भएको भएको हो । ।
गुल्मी जिल्लामा यस्तो महायज्ञ हुनेभएपछि यसको चर्चा चारैतिर हुन लागेको छ बाल योग्श्वर महाराजले बताएका छन् । उनले प्रचार प्रसार गरि यो धामलाई पनि विश्व भर चिनाउनको लागि सबैलाई सहयोगको अपिल गरेका छन् ।
महायज्ञ नजिकिन लागेपछि प्रचार प्रचार लाई बिभिन्न माध्यम सँगै गुल्मी, बाग्लुङ्ग, पर्बत ,स्याङजा,प्युठान ,अर्घाखाँची ,पाल्पा रुपन्देही लगायतकाका क्षेत्रमा प्रचारलाई प्राथामिकतामा राखेर अगाडी बढेको महायज्ञ मुल आयोजकसमितिले बताएको छ ।
यो महायज्ञ नेपालमै पहिलो र देशबासिलाई नया र नौलो भएकाले गुल्मी जिल्ला भन्दा बाहिरि जिल्लाबाट पनि सहयोगको लागि सम्र्पक बढि रहेको बताईएको छ । बिबाह गर्ने इछुक भएका र उमेर उगेका भएमा महायज्ञमा नै बिबाह गरिदिने प्रमुख बाचक योगेश्वर महाराज जि ले बताउनु भयो ।
बिबाह तथा तोला चढ्दा अलि खर्चिलो हुने हुदाँ रिडिमा धार्मिक अनुसार बिबाह २ हजार १ मा सकिने पनि बताउनु भएको छ । यो महायज्ञ गुल्मीको रिडिका सफल पार्नेको लागि गुल्मी बासि मात्र नभई सबै हिन्दु धर्मलाम्बीहरुलाई समेत प्रमुख बाचक योगेश्वर महाराज जिले अपिल गर्नुभएको छ ।
महायज्ञका आर्कषकहरु
यहि भाद्र २८ देखि असोज १७ सम्म हुन लागेको महायज्ञले पितुहरुको श्राद्ध , २१ करोड दिप प्रज्वलन १ करोड पार्थिङ शिबलिङग निर्माण तथा पुजन कालिगण्डकि गंगाको बिशेष सन्ध्या ,आरति ५१ हजार भन्दा बढि ब्याक्तिको तुलादान,
१०८ तिर्थ स्थलको जल सहित हेलिकप्टरबाट पुष्प दृष्टि ,५१ सय कलस पुजन शालगा्रम परिक्रम तथा पुजन, दुख निबारण यज्ञ कन्या पुजन, जेष्ठ नागरिक सम्मान, समाजका प्रतिष्ठित ब्याक्तिलाई सम्मान , शारिरिक अशक्त ब्याक्तिलाई सम्मान ,प्रत्येक दिन सुमुधुर प्रवचन दिव्य झाकिँ,नित्य र रोचक नाटक प्रस्तुति महायज्ञका बिशेष आर्कषकको रुपमा रहेको पाईन्छ । सोह्र श्रद्धा घरमा होईन रिडिमा गरौँ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।