गुल्मीमा सवारी दुर्घटना ,दुई घाईते !



जेठ २९ गुल्मी ।

सोमबार बिहान गुल्मीको सदरमुकाम तम्घास नजिकै रेसुङ्गा नगर्पालिका – रैदिमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छ्न । पश्चिम गुल्मीको इस्मा नयाँपोखराबाट तम्घास आउदै गरेको ग २ च ९८६ नम्बरको डवल क्याप जिप र तम्घास बाट त्यस तर्फ जादै गरेको लु १ क ४८७६ नम्बरको टृपर एक आपसमा ठोक्किदा चालक सहित दुई जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी शंकर पोख्रेलका अनुसार जिप चालक ३० बर्षिय हरि कुवर र इस्मा गाउँ पालिका -१ जुकेपानीकि ५६ बर्षिया मनकला घर्ति घाईते भएका छ्न । गुल्मी अस्पतालमा उपचार गराई रहेका उनिहरुको अवस्था मध्येम रहेको पोख्रेलले बताए । जिपमा सवार ४ / ५ जना रहेको बताईन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता