गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु !



कात्तिक ४ गुल्मी ।

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ७ बस्ने ४२ वर्षीय सुर्य बहादुर कुमालको कुटपिट बाट उनकी ४० वर्षीया श्रीमती ताल कुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

कात्तिक १ गते घरायसी विवाद हुँदा श्रीमानको कुटपिटबाट घाईते भएकी ताल कुमारी कुमालको कात्तिक ३ गते अर्थात बिहीबार वामीको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

यता घटनामा संलग्न सुर्य कुमाललाई पक्राउ गरि कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता