गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वित्तीय प्रगतिमा पहिलो ,अन्य स्थानीय तहले कति खर्च गरे त ?



असार २५ गुल्मी ।
गुल्मीका १२ वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् ।
जहाँ रुरुक्षेत्र गाउँपालिकाले सबै भन्दा धेरै वित्तीय प्रगती हासिल गरेको छ । यस गाउँपालिकाले चालू तर्फ ९१.३५ प्रतिशत रकम खर्च गर्दा पुजिगततर्फ ८६.१८ प्रतिशत खर्च गरि समग्रमा ८९.४३ प्रतिशत रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । समयमै निर्णय गर्ने ,योजनाहरु कार्यान्वयनमा लैजाने, निर्माण व्यवसायीलाई क्रियाशिल बनाउनुका साथै कर्मचारी संग समन्वय गरेर काम गरे पछि वित्तीय प्रगति राम्रो आएको अध्यक्ष यदु ज्ञवालीले प्रतिक्रिया दिए ।
त्यस्तै गुल्मी दरबार गाउँपालिका जिल्लामा दोस्रो बनेको छ । उसले चालु तर्फ खर्च ९०.४१ प्रतिशत र पुँजिगततर्फ ८६.३४ प्रतिशत गरी जम्मा ८९.२१ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले जानकारी दिए ।
त्यस्तै छत्रकोट गाउँपालिकाले चालुतर्फ ८९.२५ प्रतिशत पुजिगततर्फ ८७.९२ प्रतिशत र समग्रमा ८८.७२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको गाउँपालिकाले जनाएको छ ।
धुर्कोट गाउँपालिकाले चालुतर्फ ८९.६९ प्रतिशत र पुजिगत तर्फ ८७.१३ प्रतिशत खर्च गरि समग्रमा ८८.४१ प्रतिशत रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए । त्यस्तै मदाने गाउँपालिकाले चालुतर्फ ८९.२५ प्रतिशत ,पुजिगत तर्फ ८६.१७ प्रतिशत र समग्रमा ८८.३५ प्रतिशत रकम खर्च भएको पालिकाका आर्थिक प्रशासन शाखाका प्रमुख तारा भट्टराईले जानकारी दिईन ।
रेसुङ्गा नगरपालिकाको चालुतर्फ ९०.८६ प्रतिशत र पूजीगत ८१.३५ प्रतिशत गरी जम्मा ८८.२४ प्रतिशत रकम खर्छ भएको छ ।
मालिका गाउँपालिकाले चालू तर्फ ८८.४१ प्रतिशत र पुजिगत तर्फ ८४.९२ प्रतिशत गरि समग्रमा ८७.२२ प्रतिशत रकम खर्च भएको आर्थिक प्रशासन शाखाका प्रमुख रामकुमार केसीले बताए ।
चन्द्रकोट गाउँपालिकाले चालुतर्फ ८५.५७ र पुजिगत तर्फ ८०.१२ प्रतिशत गरि ८२.८५ प्रतिशत रकम खर्च गरेको छ ।
कालीगण्डकी गाउँपालिकाले चालुतर्फ ८४.८६ प्रतिशत र पुजिगत तर्फ ८५.११ प्रतिशत गरि कुल ८४.९३ प्रतिशत रकम खर्च गरेको छ ।
मुसिकोट नगरपालिकाले चालू तर्फ ८६.६९ र पुजिगत तर्फ ७४.४३ गरि समग्रमा ८२.९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
सत्यवती गाउँपालिकाले पनि समग्रमा ८२.५० प्रतिशत वित्तीय प्रगति हासिल गर्दा चालू तर्फ ८५.९१ प्रतिशत र पुजिगत तर्फ ७५.१४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
त्यस्तै सबैभन्दा कम वित्तीय प्रगति इस्मा गाउँपालिकाको देखिएको छ । इस्माले पुजिगत खर्च ७७ प्रतिशत र चालू खर्च ८३.४ प्रतिशत गरि समग्रमा ८१.४२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता